भट्टलाई बधाई, विधि, विधान र पद्धति मिच्नेहरूले नैतिकताको केही शिक्षा लिने कि! : रावल

everest kitchen

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन सफल भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई दिएका छन्। मुख्यमन्त्री भट्टले ५२ जना सदस्यहरुबाट ३० कुल ३० मत प्राप्त गरेका हुन ।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते प्रदेश सभामा उठेपछि त्यसको चार दिनमै विश्वासको मत लिएकोमा पनि रावलले सामाजिक सञ्जालमा प्रतिक्रिया दिदै बधाइ दिएका छन्।

आज मुख्यमन्त्री भट्टलाई नेता माधवकुमार नेपाल पक्षका १७ सांसदले विश्वासको मत दिएका थिए। २४ सांसद रहेको एमालेका ७ सांसद प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका छन्, उनीहरूले भने मुख्यमन्त्रीमा भट्टलाई विश्वासको मत दिएनन्। यसबाट विधि र पद्धति नमान्नेहरूले शिक्षा लिनुपर्ने रावलको जोड छ।

‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नु भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि!’