साधुलाई शुली चाेरलाई दरबार !

everest kitchen

रमेश तुफान पण्डित 

पत्याउनु हुन्छ?
राउटे स्वयं शिकार हुन्छन् यहाँ
जंगलका राउटे लज पुर्याईन्छ
भगिरथीहरू जंगल पुर्याईन्छ
अनि गर्भमै रहन्छन् निर्मलाका हत्याराहरू
मरेर पनि न्याय पाउँदैनन् मदन अाश्रितहरू
रहस्यमै रहन्छन् दरबार हत्याकाण्डहरू
अनि कहाँ बच्न सक्छन् सम्झनाहरू

मेराे देशकाे पैत्रिक सम्पदा राउटे
जंगली राजकुमारी सम्झना,
कठ्ठै अब सिध्यिए ती निर्दाेष मुस्कानहरू
रातारात अस्लिल सिनेमाका नायिका बन्न पुगिन
अब जंगल बाहिर सायदै अाउने छैनन्
कथित मिडियाहरूमाअब भाईरल हुने छैनन्
जिउँदै शिकार बनाए पिपासुहरूले

याे शतीले सरापेकाे देश हाे
देशकै पहिलाे प्रधानमन्त्री
भिमसेन थापाकी शतीले सरापिन्
भिम मल्लकी शतीले सरापिन्
‘साधुलाई शुली चाेरलाई दरबार पुर्याउने देश हाे याे’

बच्नै गार्‍हो छ, पाईला पाईलामा
अश्मिताका शिकारीहरूदेखि,
ऐतिहासिक शाही सँस्कार हाे याे धन्दा
कसैको निजी जिन्दगी वा उन्मुक्त जवानी
देख्न सक्दैनथ्याे दरबार
लुट्न चाहन्थ्याे अस्मिता
राेक्न चाहन्थ्याे प्रगति
कुनै बेला दरबारबाट हेलिकप्टर
सिधै हेलम्बु पुग्थ्यो
हेलम्बुबाट सिधै बम्बई
बादीहरूले नाङ्गै सिंह दरबार नचढेकाे भए
अझै कति मन्त्री पुत्रहरू थपिन्थे याे देशमा

पत्याउनु हुन्छ हाम्रो नश्लमा
शिकार हुनेहरू भन्दा शिकारी धेरै छन्
कथित लब्ध प्रतिष्ठित शिकारी छन्
सावधान! याे शिकार चलिरहेको छ
घरभित्र घरबाहिर, देशभित्र देशबाहिर
अस्तु जेठ २६, २०७८