चितुवाको छाला सहित दुई जना पक्राउ

everest kitchen

काठमाडौं । चितुवाको छालासहति आज प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । यहाँको कीर्तिपुरस्थित ढल्पा क्षेत्रमा दुर्लभ वन्यजन्तु चितुवाको छाला बेचबिखन भईरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले खोजतलास गर्दा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दार्चुलाका २३ वर्षीय गिरीराज ठगुन्ना र बझाङ घर भई कीर्तिपुर बस्ने वर्ष २९ को नारायणवहादुर सिंह रहेका छन् । उनीहरूको साथबाट चितुवाको छालासमेत बरामद भएकाले थप कारावहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।