अत्यन्तै नाजुक अवस्थामा नायिका निशा

everest kitchen

काठमाडौं । नायिका निशा घिमिरेको शारीरिक अवस्था निकै नाजुक रहेको छ । नेपाली र मैथिली भाषामा बनेको फिल्म ‘मधेसीपुत्र २’ मा मुख्य भुुमिका निभाएर उदयमान नायिका रुपमा रहेकी नायिका निशा दुर्घटनापछि नाजुक अवस्थामा पुगेकी हुन ।

अभिनेत्री बन्ने रहरले भारत पुगेकी घिमिरेको जीवनमा अप्रत्याशित दुर्घटना भएपछि उनको सपना -सपनामै सिमित हुने भएको छ । डिप्लोमा अध्ययनका लागि भारत पुगेकी निशा सवारी दुर्घटना परेपछि उनको ब्रेन ह्यामरेज भएको छ । दुर्घटनामा परेपछि लामो समय भारतमै उपचार भयो । तर अस्पतालको खर्च धान्न नसकेपछि परिवारले उनलाई नेपाल ल्याएको थियो ।

निशाको उपचार गर्दागर्दै परिवारको सम्पत्ति सकिएको परिवारले बताएको छ । निशाका परिवार कोठा भाडा तिर्न नसकेपछि हाल भैसीपार्टीस्थित टिनले बारेर एउटा झुप्रोमा बसेका छन् । उनको हालको अवस्था देखेर जो कोहीको पनि आँखा रसाउछ ।

निशाले नेपाली र मैथिली भाषामा बनेको फिल्म ‘मधेसीपुत्र २’ मा मुख्य भुुमिका निभाएकी थिइन् । उनले ‘डियर जिन्दगी’ टेलिश्रंखला, केही म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् । निशालाई सहयोग गर्न उनका बाबु राजु घिमिरेलाई ९८५१२३८९५२ मा सम्पर्क गर्न सकिने बताएको छ ।