मलेसियाको लकडाउन २ हप्ता जुन २८ सम्मको लागि थपियो

everest kitchen

मलेसियामा लकडाउन २ हप्ताको लागि अर्थात जुन २८ सम्मको लागि थपिएको छ ।
लगातार नयाँ कोरोना बिरामिको संख्या बढेपछि मलेसियामा जुन १ तारिख देखि पूर्ण लकडाउन लगाउन थालिएको थियो । तर, झन्डै दुई हप्ता भईसक्दा पनि अपेक्षा अनुसार बिरामिको संख्या नघटेपछि मलेसिया सरकारले आज एक निर्णय गर्दै थप दुई हप्ताको लागि लकडाउन थप्ने निर्णय गरेको हो ।
मलेसिया सुरक्षा परिषदले दैनिक नयाँ बिरामिको संख्या ५ हजारभन्दा कम हुने अपेक्षा गरेता पनि ६ हजार भन्दा माथी देखिन थालेपछि सो निर्णय लिनुपरेको एक विज्ञप्ति जारी गरि बताइएको छ ।
मलेसियामा पूर्ण रुपमा लकडाउन सुरुभएपछि बिना कागजात, बिना कारण, बिना अनुमति बाहिर हिडडुल गर्ने जो सुकैलाई कारवाहि गर्नेगरिएको छ भने अवैधानिक विदेशिहरुलाई खोजि खोजि पक्रन सुरु गरिएको छ ।