वार्नर र स्टोयनिसले ‘द हन्ड्रेड’ प्रतियोगिता नखेल्ने

everest kitchen

काठमाडौं । अष्ट्रेलियाका ओपनर ब्याटसम्यान डेविड वार्नर र अर्का खेलाडी मार्कस स्टोयनिसले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन । ईङल्यान्ड तथा वेल्स क्रिकेटद्वारा आयोजना हुन लागेको प्रतियोगिता जुलाई २१ देखी अगस्ट २१ सम्म हुनेछ । प्रतियोगितामा विश्वभरिका चर्चित खेलाडीहरुले सहभागिता जनाउने आशा गरिएको छ ।

प्रतियोगितामा अष्ट्रेलियाका डेविड वार्नर र मार्कस स्टोयनिसले साउदर्न ब्रेबसँग क्रमशः एक लाख पाउण्ड र ८० हजार पाउण्डमा सम्झौता गरेका थिए । यस बिषयमा कुरा गर्दै ईसीबीले क्रिकईन्फोलाई भन्यो, वार्नर र स्टोयनिस जस्ता स्टार खेलाडीहरुले यो प्रतियोगिता नखेल्नु एकदमै दुःखद कुरा हो, तर कोरोना महामारीका कारण विदेशी खेलाडीहरुलाई याहाँ आएर खेल्न अप्ठ्यारो भईरहेको छ । साउदर्न ब्रेबले विदेशी खेलाडीको रिप्लेसमेन्ट अवश्य पाउने छ, र हामी यो समरमा ‘द हन्ड्रेड’ प्रतियोगिताका लागि तयार छौं ।

वार्नर र स्टोयनिस वेस्टईन्डिज र बङलादेश भ्रमणको २३ सदस्यीय सुरुवाती टोलीको हिस्सा रहेका छन । तर यी दुबै खेलाडीहरु पेट कमिन्स, स्टीवन स्मिथ र ग्लेन म्याक्सवेलसँग आफ्नो परिवारसँग समय बिताउनु पर्ने भएकोले यी भ्रमणहरुमा जाने सम्भावना कम रहेको छ । क्रिकेट अष्ट्रेलियाले यसअघि नै ६ खेलाडीहरुलाई सुरुवाती टोलीमा समावेश गरि सकेको छ । वार्नर र स्टोयनिससँगै न्युजिल्यान्डकी महिला खेलाडी सोफी डिफाईनले पनि यो प्रतियोगितामा आफ अनुपस्थित रहने बताएकी छिन । सोफीलाई बर्मिघम फिनिक्सले खरिद गरेको थियो, र उनको ठाउँमा भारतीय खेलाडी शेफाली वर्मालाई समावेश गरिएको छ ।