वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिए

everest kitchen

काठमाडौं । वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको भन्दै आफू हत्याहिंशामा विश्वास नगर्ने र गान्धीवादी नेता भए पनि आवेशमा यस्तो अभिव्यक्ति दिएको भन्दै त्यो अभिव्यक्ति फिर्ता लिएको जनाएका हुन् ।

उनले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

वैद्यले शुक्रबार प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका थिए । गोड्सेले महात्मा गान्धीको गोली हानी ज्यान लिएका थिए ।