दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट भारतमा एकैदिन ३ हजार ३०३ जनाले ज्यान गुमाएका छन् । दैनिक संक्रमित हुनेको संख्या भने ओरालो लाग्दै आएको सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ ।
गत २४ घण्टामा यहाँ ८० हजार ८३४ जना नयाँ संक्रमित थपिएका छन् भने १ लाख ३२ हजार ६२ जना डिस्चार्ज भएका छन् । भारतमा अहिलेसमम कुल २ करोड ९४ लाख भन्दा बढी संक्रमित छन् भने २ करोड ८० लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।
यहाँ कुल ३ लाख ७० हजार ३८४ जनाले ज्यान गुमाइसकेका छन् भने १० लाख २६ हजार १५९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।