नाैसय विग्हा समाज सहयोग युवा समूहद्वारा विपन्न परिवारलाई आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो
धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका वार्ड -५ ललियामा बस्ने ६५ वर्षका श्री जुगल मण्डलको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नाैसय विग्हा समाज सहयोग युवा समुहले५१ हजार ५१ रुपैया सहयोग गरिएको हो ।

आर्थिक अवस्था एकदमै कमजोर भएकोले उनको श्रीमतीद्वारा भिडियो मार्फत आर्थिक सहयोगको लागि अपिल गरिएको जानकारीपछस समुहका संयाेजक विजय कुमार मण्डलले भिडियो शेयर गर्दै थप अपिल गरेपछि सहयोग रकम जुटेको थियो ।

उक्त सहयोग रकम साउदी, कतार, मलेसिया, कुवेत, काेरियामा कार्यरत युवाहरुको समेत सहयोग सहभागीतामा समुहले रकम हस्तान्तरण गरेको थियो । सहयोग रकम प्राप्त गरेपछि पीडित परिवारले सहयोगी मनहरुलाई हृदयबाट धन्यवाद व्यक्त गरेको बताएका थिए । साथै उक्त सहयोगको कदर गर्दै स्थानीयले समेत सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।