अन्तर्राष्ट्रिय नेपाली समाजद्धारा अखलढुंगामा खाद्यान्न सहयोग

everest kitchen

ओखलढुंगा । समाजिक क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली समाज ( ईन्स) ले ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं १ मा राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरेको छ। कोरोना भाइरसको संक्रमण फैलिएसँगै जारी गरिएको निषेधाज्ञाका कारण संकटमा परेका परिवार हरुलाई संस्थाले राहत स्वरुप खाद्यान्न वितरण गरेको हो ।

अन्तर्राष्ट्रिय नेपाली समाज (ईन्स )ले नेपालको राष्ट्रिय समिति मार्फत समितीका सदस्य मनोज बाबु बस्नेतको नेतृत्वमा तथा सिद्धिचरण नगरपालिका वडा नं १ का वडा अध्यक्ष केदार बाबु बस्नेतको समन्वयमा संस्थाका सचिव अन्जु कटुवाल तथा समाजसेवी युवा अनिल बस्नेतको सहभागितामा संकटमा परेका तलुवाका ४० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको वडा अध्यक्ष केदार बाबु बस्नेतले अखबार अनलाइनलाई बताए ।

वडा अध्यक्ष बस्नेतका अनुसार खाद्यान्न वितरणमा अति विपन्न परिवार दलित एकल महिला टुहुरा तथा पिछडा समूहलाई लक्षित गरी राहत तथा खाद्यान्न वितरण गरिएको बताए ।

संस्थाले उक्त परिवारलाई दाल चामल नुन तेल मास्क सेनिटाइजर तथा सावुन वितरण गरेको हो । संस्थाले आगामी दिनहरुमा पनि आवश्यकताअनुसार विभिन्न स्थानमा खाद्यान्न वितरण गर्ने संस्थाकी सहकोषाध्यक्ष अनामिका बस्नेतले बताए । सहकोषाध्यक्ष बस्नेतका अनुसार संस्थाले नेपाललगायत अन्य पाँचवटा देशहरुमा पनि सामाजिक कार्य गर्दै आएको छ ।

अन्तराष्ट्रिय नेपाली समाज मुख्य संस्था कार्य क्षेत्रका आधारमा विभिन्न देशमा राष्ट्रिय समिति गठन गरी समितिमार्फत काम गर्दै आइरहेको सह कोषाध्यक्ष बस्नेतले बताए ।