कर्णालीको नीति तथा कार्यक्रम बहुमतले पारित, आजै बजेट आउने

everest kitchen

काठमाडौं । कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आर्थिक वर्ष ०७८/७९ को बजेट आज बहुमतले पारित भएको हो।

नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले प्रदेश सभामा घोषणा गरेका थिए।
बैठक आज अपरान्ह ४ बजेका लागि स्थगित भएको छ।

बजेट आजै आउने बताइएको छ । असार १ गते बजेट ल्याउनुपर्ने प्रदेशलाई संवैधानिक बाध्यता छ । चार बजे बस्ने अर्को बैठकमा सरकारले आर्थिक बर्षको बजेट पेश गर्ने तयारी गरेको छ । कर्णालीमा एमाले सांसदहरुले कार्यक्रमको विपक्षमा मतदान गरेका थिए ।