गण्डकी प्रदेश बजेट: कोरोनाका कारण अभिभावक गुमाउने बालबालिकालाई मासिक ५ हजार

everest kitchen

काठमडौं । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका प्रत्येक स्थानीय तहलाई १ करोड बजेट छुट्याएको छ ।
गण्डकी प्रदेशकको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सो कुरा बताएका हुन् ।

भरखरै सत्तामा पुगेका मुख्यमन्त्री पोखरेलले कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई ५० हजार दिने पनि उनले घोषणा गरेका छन् । कोभिड-१९ का कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार रकम उपलब्ध गराउने पनि मुख्यमन्त्री पोखरेलले बताए ।

आज ७ वटै प्रदेशले बजेट प्रस्तुत गरिरहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीसमेत आफैंले लिएका कारण मुख्यमन्त्रीले नै बजेट वाचन गरेका छन् ।