प्रयोगशाला प्राबिधिकको बाध्यता- “कोरोना परिक्षण गर्न थालेपछि दुई बर्षदेखि घर नै गएको छैन”

everest kitchen

रुकुम । रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाका प्रयोगशाला प्रमुख भरत बिक्रम बुढाथोकी यतिबेला गाउँगाउँमा भेटिन्छन् । तर घर नगएको २ बर्ष भयो । दशैतिहारमा समेत घर जान नपाएका उनको दैनिकी आजभोलि गाउँमा कोरोना संक्रमित बिरामी को छ भनेर पत्ता लगाउन मै बित्छ ।

कोभिड-१९ परिक्षण गर्न थालेको दुई बर्षदेखि घर नै नगएर रातदिन नभनी स्थानीय जनताको सेवामा लागेको उनी बताउँछन् । उनी भन्छन्”, “संकटले मान्छेलाई एकतामा जोड्ने रहेछ । मानवीय धर्म के हो? आफ्नो कर्तव्य के हो? संकटमा थाहा हुदो रहेछ ।विश्वव्यापी फैलिएको कोभिड-१९ को कारण नेपालका गाउँ बस्तीहरु पनि संकटमा परिरहेका छन् । यस्तो बेला हामी स्वास्थ्यकर्मीलाई पनि एक प्रकारको मानसिक रोग लागेजस्तो महशुस हुने अवस्था आयो, उनलेे भने ।

उनका अनुसार, “उनी गाउँपालिकामा कार्यरत एकमात्र ल्याव टेक्नेसियन” हुन । हाल उनी गाउँपालिकाद्धारा सञ्चालित गाउँपालिका अस्पतालमा कार्यरत रहेका छन् । उनी एक्लै अन्य स्वास्थ्यकर्मीको सहयोगमा गाउँका टोलटोलमा कोरोना परिक्षण गर्न खटिरहेका छन् । कतिपय अशक्त बिरामीहरुको घरमै गएर परिक्षण गर्नुपर्ने त छदैछ कतिपय कोरोनाका सम्भावित बिरामीहरु जुनसुकै बेला अस्पताल आएमा उनीहरूको स्वास्थ्य परिक्षणमा सेवा दिईरहेको उनको अनुभव छ ।

नयाँ प्रकारको घातक रोग, आवश्यक स्वास्थ्य सामाग्री अभावका बाबजुद पनि सम्भावित बिरामीको परिक्षणमा खटिनुपर्दा सुरुमा उनलाई एकदमै असहज महशुस भयो । गतबर्ष गाउँगाउँबाट स्वाब सङ्कलन गरेर सुर्खेत, जुम्ला जानुपर्दा निकै असहज लागे पनि गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती, उपाध्यक्ष निर्मला विष्ट खडकाले हौसला दिएर आवश्यक सहयोग सक्रियता गरेपछि काम गर्न सहज भएको उनी बताउँछन् ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुन , गाउँपालिका अध्यक्ष/उपाध्यक्ष , जनप्रतिनिधि कर्मचारी, स्थानीय लगायतको सक्रियतामा हाल गाउँपालिका अस्पताललाई कोभिड-१९ उपचारको रुपमा सञ्चालनमा गरिएकोले पनि कोभिड परिक्षण र उपचारमा सहज भएको बुढाथोकीले बताए ।

उनका अनुसार, पालिका अस्पतालमा आवश्यक अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटर, बिरामी उपचारको लागि श्याय र डाक्टरसहितका आवश्यक स्वास्थ्यकर्मी भएकोले अहिले भने काम गर्न सहज भएको छ ।

सुरुमा त प्रदेशबाटै खटिएको स्वाब सङ्कलन टोलीसंग काम गर्नुपर्ने अवस्था आयो । पछि बिस्तारै स्थानीय स्तरमै स्वाब सङ्कलन कार्य सुरु त भयो तर परिक्षण गर्न टाढा जानुपर्ने बाध्यता भने उस्तै भयो “उनले भने, ” जिल्लाकै चौहरजारी नगरपालिकाले आरटी पीसीआर मेसिन खरिद गरेपछि भने उक्त प्रयोगशाला मेसिनमा स्वयं खटिएरआफ्नो गाउँपालिका, जिल्ला र छिमेकी जिल्लाको समेत स्वाब परिक्षण खटिएर काम गरियो।”

अब भने स्थानीय स्तरमै गाउँगाउँमा पुगेर एन्टिजेन परिक्षण बिधिबाट कोभिड-१९ का बिरामी पत्ता लगाउनुपर्छ । यो बिधि सरल र छिटो भएकोले पनि कोभिड नियन्त्रणमा प्रभावकारी रहेको उनलेे बताए