देशभर थप २ हजार ८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको निधन

everest kitchen

 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ छ भने ५२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पीसीआर र ४ हजार ३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४ हजार ३११ जना संस्थागत आइसोलेसनमा छन् ।