मलेसियामा हवाई उडान सूचारु हुने

everest kitchen

धेरै दिन देखि बन्द रहेको मलेसिया नेपाल हवाई उडान फेरी सूचारु हुने भएको छ ।
हवाई उडान सुचारु हुने देशहरुमा कतार, जापान, साउदी अरब पनि रहेका छन् ।
नेपाल फर्किने प्रत्येक नागरिकले १५ दिनको क्वारेन्टाइन बस्नु पर्नेछ जसमा श्रमिकहरुले भने ५ दिनको पैसा तिरे पुग्छ भने १० दिनको क्वारेन्टाइन खर्च सरकारले बेहोर्ने भएको छ ।
यहि बुधबार कोबिड–१९ निर्देशक समितिको बैठकले बिभिन्न निर्णयहरु गर्ने क्रममा मलेसिया लगायतका देशहरुमा हवाई उडान सूचारु गर्ने भनेता पनि कहिलेबाट सुरु गर्ने भन्ने चाहि बताएको छैन ।
यस बिषयमा नेपाल एम्बेसी मलेसियाबाट हालसम्म आधिकारीक रुपमा कुनै पनि सूचना जारी भएको छैन ।