मेलम्चीका बाढीपीडितलाई काठमाडौं महानगरले२ कराेड सहयोग गर्ने

everest kitchen

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढी प्रभावित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध रहेकोले उक्त रकम सहयोग गर्ने निर्णय गरिएको महानगरले जनाएको छ ।

बाढी प्रभावित मेलम्ची नगरपालिकालाई महानगरले दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । महानगरको आज बसेको नगर परिषद्को बैठकले बाढीले क्षति पुयाएको संरचना निर्माण गर्नको लागि २ करोड रकम सहयोग गर्ने घोषणा गरेको महानगरका प्रवक्ता ईश्वर डंगोलले नेपालप्रेसलाई बताए ।

बाढी प्रभावित हेलम्बु गाउँपालिकालाई भने रकम सहयोग गर्ने कुनै निर्णय नभएको उनले बताए । मंगलबार राति आएको बाढीले हेलम्बु र मेलम्ची बजार डुबानमा परेको थियो । हालसम्म बाढीमा परि ७ जनाको मृत्यु भइसकेको छ ।