थप २६ सय ७ जनामा कोरोना पुष्टि, ३९ जनाको निधन

everest kitchen

 

काठमाडौँ । नेपालमा बिहीबार थप दुई हजार ६ सय ७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ७ सय ११ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय ६८ र ४ हजार ७ सय ७३ एन्टीजेन परिक्षणका क्रममा ८३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४० हजार ४० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ५ सय ९७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप दुई हजार १ सय ४१ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा ५ लाख ४५ हजार ६६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल ६१ हजार ७२५ संक्रिय संक्रमित आइशोलेशन र ४८७ जना क्वारेन्टाइनमा छन् ।
हालसम्म नेपालमा ३२ लाख ४८ हजार १० वटा पिसिआर र १ लाख २८ हजार १५९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।