मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

everest kitchen

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन्। आज बसेको प्रदेश सभा बैठकमा बोल्दै उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्।

मुख्यमन्त्री नियुक्त भएको साता दिन नबित्दै उनले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। अहिले मुख्यमन्त्रीले बोलेपछि अरू सांसदहरूले बोलिरहेका छन्। मुख्यमन्त्री पोखरेलले अहिलेको व्यवस्था रक्षाका लागि मत दिन आग्रह गरेका थिए।

कांग्रेस संसदीय दलका नेता पोखरेल, नेकपा माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको सहयोगमा मुख्यमन्त्री भएका थिए। मुख्यमन्त्री नियुक्त हुँदा पोखरेलका पक्षमा ३१ जना सांसद थिए।