कर्णाली सरकारमा सहभागी रहेका मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

everest kitchen

सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका माधव समुहका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन नेकपा एमालेले निर्देशन दिएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले तीनै जना मन्त्री अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा दिन निर्देशन दिएको हो ।

अदालतको अन्तरिम आदेशपछि पुनर्बहाली भएर पुनः एमालेमै फर्किए पनि संसदीय दलको बैठकमा बारबार आमन्त्रण गर्दा पनि उपस्थित नहुने, माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भइ आफ्नो पार्टीको निर्णय नमानेको भन्दै तत्काल राजीनामा दिन दलको बैठकले निर्देशन गरेको एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

माधव समुहकै अर्का निर्णायक पात्रको रुपमा मानिएका प्रकाश ज्वाला भने दुईपटक ऐमाले संसदीय दलको बैठकमा सहभागी भइसकेका छन् । तर, सरकारमा रहेका तीन जनाले भने केन्द्रको निर्णयमा चल्नै भन्दै दुईपटक दलको बैठक बहिस्कार गरिसकेका छन् ।