रुद्र ज्ञवालीका तीन मुक्तक

everest kitchen

रुद्र ज्ञवाली

मुक्तक १
शुरु गरेकै दिन चल्दैन व्यापार पर्खनु पर्छ
कस्तो छ बुझ्नलाई यो संसार पर्खनु पर्छ
ऐना पनि त चम्किन्छ घामको उज्यालोमा
हीराको जांच गर्नलाई अन्धकार पर्खनु पर्छ

मुक्तक २,
कि त रतिराग र प्रणयका रासलीला सुनाइन्छ
कि त बाकसबन्द लाशका सिलसिला सुनाइन्छ
भन्न त गीत, गजल र मुक्तक भनिन्छ उदघोष गर्दा
सुनाउंदा भने भद्दा र उत्तेजक चुटकिला सुनाइन्छ

मुक्तक ३
कल्ले भन्यो र घरमा पालेको सर्पले डस्दैन
कर्मवीरले काम गर्छ जिउमा खरानी घस्दैन
हात बांधेर भाग्यलाई कति धिक्कार्नु हुन्छ
समयको बहावले त कसैलाई पर्खेर बस्दैन