रुकुमको बैरागीमा निर्माणाधीन पुल भत्कियो

everest kitchen

रुकुम । रुकुम (पश्चिम) को मुसीकोट नगरपालिका-४ सोलाबाङ स्थित बैरागीमा निर्माणाधीन अवस्थामा रहेको मोटरेवल पुल भत्किएको छ । आइतबार रातको बर्षातपछि आएको बाढीले पुल भत्किएको हो ।

साँख खोलामा निर्माणाधिन माेटरेवल पुल बाढीले भत्कायो राप्ती राजमार्ग अन्तरगत रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको साँख खोलामा निर्माणाधिन पुल बाढीले भत्काएको छ । वडा नं. ४ को सोलावाङ र वडा नं. १२ को बैरागिठाँटीलाई जोड्ने पक्कि मोटरेवल पुल

स्थानीय साँख खोलामा आएको बाढीले सोमबार बिहान करिब साढे ३ बजेतिर पुल भत्काएको ठेकेदार कम्पनीले जनाएको छ । ३५ मिटर लम्बाईको उक्त पुल सूर्य इलाईट जेभि नामक कम्पनीले निर्माण गरिरहेको छ । निर्माणाधीन पुल भत्किएपछि करोडौंको क्षति भएको कम्पनीले बताएको छ ।

विश्व बैंकको सहयोगमा निर्माणको क्रममा रहेको उक्त पुल निर्माण सेटिङको सबै काम सकिएर आरसिसी ढलान भइरहेको अवस्थामा पुल भत्किएको हो । लामो समयदेखि निर्माण हुन नसकेको यो आरसिसी प्रिस्टेज ब्रिज पुल हो ।

जिर्ण अवस्थामा रहेकोसंगैको बेलिब्रिज पुलबाट सवारीसाधन तथा मानिसहरु जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । उक्त बेलिब्रिज जीर्ण अवस्थामा रहेकोले दुर्घटनाको उच्च जोखिम रहेको भन्दै स्थानीयले बारम्बार गुनासो गर्दै आएका छन् ।