लोपोन्मुख राउटे समुदायका लागि कर्णाली प्रदेश सरकारले एकीकृत नीति ल्याउने

everest kitchen
photo file

सुर्खेत । लोपोन्मुख राउटे समुदायका लागि कर्णाली प्रदेश सरकारले एकीकृत नीति ल्याउने तयारी भएको छ । जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्न निति ल्याउन लागिएको हो ।

लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व भएकोले सरकारले निति ल्याउन लागेको सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले भएको बताए । उनले भने ,‘ एकै ठाउँमा नबस्ने, घुमन्ते समुदाय भएकाले राउटेको संरक्षणका लागि छुट्टै नीति आवश्यक देखियो । साउन महिनादेखि नीति अनुसार काम हुन्छ ।’

उनले राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको बताउँदै बस्ती प्रवेशमा निषेध, राहतको एकद्वार प्रर्णाली, सुरक्षाको प्रवन्ध, छाना नाना र छानाको व्यवस्थापन लगायतका विषयहरु नीतिभित्र समेटिने बताएको छ ।

राउटे समुदायको बस्तीमा ‘प्रशासनले अहिले बस्ती प्रवेशमा रोक लगाएको छ । राहत वितरणलाई एकद्वार प्रणाली लागू गरिएको छ । यतिले पनि बस्तीमा सकारात्मक प्रभाव परेको प्रमुख जिल्ला अधिकारी छवी रिजालले बताए ।’ उनले युट्युव, फेसबुक, टिकटक लगायत बनाउन जानेहरूका कारण पनि राउटे समुदायको संस्कृति, परम्परा र मान्यतामाथि खेलबाड भइरहेको समेत बताए ।

केही समयअघि राउटे समुदायका युवतीमाथि मदिरा सेवन गराएर शारीरिक शोषण गरिएको घटना सार्वजनिक भएको थियो । घटना सार्वजनिकपछि राउटे बस्ती सुरक्षाको लागि प्रशासनले कडाइ गरेको छ ।