क्षीरेश्वरनाथ नगरपालिकालाई कुर्वे वुस्त्रो नेपाल र सपोर्ट नेपालद्धारा स्वास्थ्य सामग्री सहयोग

everest kitchen

सुरेन्द्र महतो
धनुषा । प्रदेश न.२ धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा कुर्वे वुस्त्रो नेपालको सहयोगमा सपोर्ट नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्षीरेश्वरनाथ नगरपालिकाका कार्यालयमा आइतवार आयोजित एक कार्यक्रमका बीच कुर्वे वुस्त्रो नेपालको सहयोगमा सपोर्ट नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारलाई कुर्वे वुस्त्रो नेपालका प्रतिनिधि तथा काउन्सलर सविना स्कमिडर र सपोर्ट नेपालका उपाध्यक्ष सुनिल मल्लिकले सो सामग्री हस्तान्तरण गरेका छन् ।
नगरपालिका द्धारा संचालित ५ बेडको कोभिड अस्पतालका लागि सो स्वास्थ्य सामग्री उपलब्ध गराइएको स्पोर्ट नेपालका कार्यक्रम संयोजक प्रकाश ठाकुरले जानकारी दिएका छन् ।

नगरपालिकालाई हस्तान्तरण गरिएको सामग्रीहरुमा अक्सिजन कन्सट्रेटर ४ थान, पल्स अक्सिमिटर १५ थान, सर्जिकल मास्क १ हजार थान, के एन ९५ मास्क २५० थान, फेस शिल्ड ग्लास ५० थान, थर्मल गन २ थान, अक्सिजन फ्लो सेट ५ थान, पिपीई सेट १५ थान र टिभी १ थान रहेको छ ।

सपोर्ट नेपालका उपाध्यक्ष सुनिल मल्लिकको अध्यक्षता तथा नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारका प्रमुख आतिथ्यमा भएको सो समान हस्तान्तरण कार्यक्रममा नगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत प्रमोद घिमिरे, स्वास्थ्य सह संयोजक प्रदिप अधिकारी, राइजिंग मिडियाका निमेश कर्ण, वडा नं. ६ का वडाअध्यक्ष नानीबाबु श्रेष्ठ, कार्यपालिका सदस्य विरेन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो ।

सपोर्ट नेपालले क्षीरेश्वरनाथ नगरपालिकामा सन् २०१८ देखि विभिन्न कार्यक्रमहरु संचालन गर्दै कार्यक्रम संयोजक ठाकुरले जानकारी दिएका छन् ।