नौसय बिगहा समाज सहयोग युवा समूहद्वारा बिरामी दम्पतीलाई आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो
धनुषा । बिरामी अवस्थामा रहेका धनुषाधाम नगरपालिका-३, सर्सा टाेलका श्री राम कुमार पंण्डितको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नाैसय विग्हा समाज सहयोग युवा समुहले शनिबार ३१ हजार ५१ रुपैया सहयोग गरेको हो ।

कुमार प्यारालाइसिसको शिकार भएपछि थलिएका छन् । त्यस्तै उनकी श्रीमती पनि लामो समयदेखि खुट्टामा घाउ भएपछि थलिएपछि उनले भिडियो मार्फत सहयोगको अपिल गरेकी थिईन । आर्थिक अवस्था एकदमै कमजोर भएकोले उनको श्रीमतीद्वारा भिडियो मार्फत आर्थिक सहयोगको लागि अपिल गरिएको जानकारीपछि संस्थाले सहयोग गरेको जनाएको छ ।

उक्त सहयोग रकम साउदी, कतार, मलेसिया, कुवेत, काेरियामा कार्यरत युवाहरुको समेत सहयोग सहभागीतामा समुहले रकम हस्तान्तरण गरेको थियो । सहयोग रकम प्राप्त गरेपछि पीडित परिवारले सहयोगी मनहरुलाई हृदयबाट धन्यवाद व्यक्त गरेको बताएका थिए । साथै उक्त सहयोगको कदर गर्दै स्थानीयले समेत सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।

केहि समयअघि सरु भएको उक्त संस्थाले छोटो समयमै निरन्तर पीडितलाई सहयोग गर्दै आएको छ । समाजले समाजका अति विपन्न तथा विभिन्न समस्यामा रहेका व्यक्ति तथा परिवारहरुको लागि सहयोग जुटाउदै पनि आएको छ ।