राक्सिराङ-६ का ४५० घरधुरीलाई राहत वितरण, राहत वितरण टोलिद्वारा वडा अध्यक्षको प्रशंसा

everest kitchen

मकवानपु । मकवानपुर जिल्लाको पश्चिमी भेग राक्सिराङ गाउँ पालिका वडा नम्बर ६ को ४५० घरधुरी लाई वडा अध्यक्ष सिंग लाल प्रजाको पहलमा राहत बितरण गरिएको छ।

कोभिड-१९ को कारण रोजगारी गुमाएका,कतिपय चेपाङ तामाङ गरीबी कारण आफ्नो छाक टार्न मुस्किल परेको ले वडा अध्यक्ष प्रजाले आफ्नो स्थानीय जनताको जनभावना बुझ्दै विभिन्न दातृ निकाय सँग पहल आफ्नो वडा भित्रको सिलाधुनी,बाङ्गाराङ,बुजाराङ,माकालदमार,दुसाराङ,चापला,खण्डकरे,कारासे र सिलिङ्गेमा राहत बितरण गरिएको छ भने राहत उपलब्ध गराउने दातृ संस्था “अफ्रीकन लुज र नेपाल हिल्फ डाईरेक्ट ई.भि” को थियो।

त्यसै गरि राहत संयोजन “ग्रीन सोसाइटी नेपाल र हेल्प डेस्क खैरनी” को संयोजनमा भएको थियो भने राहत बितरणमा ग्रीन सोसाइटी नेपाल को संयोजक श्रीलाल परियार र हेल्प डेस्क खैरनी का संयोजक रामेश्वर रिजाल,लेख बहादुर पुनर अन्य संयोजक समिती सदस्यहरुको उपस्थिती रहेको थियो।

त्यसै गरि राहत बितरणको क्रममा राहत बितरणको लागि वडा अध्यक्ष आफैं अग्रसर भइ सहजी करण गरिएको हुदा वडा भित्र बनेको पक्की संरचना मुल्यांकन गर्दै राहत बितरण टोलिद्वारा वडा अध्यक्ष को प्रशंसा गरिएको थियो भने त्यसै क्रममा स्थानीय वासी र पत्रकारहरु सँग आफ्नो कुरा राख्दै केही समय अगाडी जिल्ला प्रशासन कार्यलय बाट आफू खुशी राहात बितरण नगर्न अनुरोध गर्दै बिज्ञप्ती बाहिर आए पछि आफुले सिडियो सँग फोन संवादमा “आफ्नो वडा बासी लाई भोकै नराख्ने भोकै मर्न नदिने र जनताको भोक टार्दा आफू गल्ती हुन्छ भने आफू कानुनी कार्वाही भोग्न तयार छु भनी सिडियो लाई जबाफ दिएको बताउनु भयो।

त्यसै गरि अध्यक्ष प्रजाले आफ्नो वडा भित्र राहत लिन बाट कोहि छुट्टेको छ भने छिट्टै राहात उपलब्ध गराउने प्रतिक्रिया राख्दै राहात बितरणलाई सहज बनाउन भुमिका निर्वाहा गर्न खट्नु हुने युबा नेता दिनेश चेपाङ,डिबि लोप्चन,प्रशान्त चेपाङ,अक्कल बहादुर तामाङ,जंग प्रजा लगयत सबै युवाहरु र राहत उपलब्ध गराउने संस्था ग्रीन सोसाईटी नेपाल र हेल्प डेस्क खैरनी लाई धन्यवाद ज्ञापन गरिएको थियो।