विप्लवी तेन्जु योन्जन
मुलुक आमूल परिबर्तन हुनु पर्छ धाराणा नेताको थिएन भन्ने कुराको पुष्टि भएको छ भन्दा केही फरक पर्दैन । किन कि मुलुक आमूल परिवर्तन दिगो बिकास सु शासन सरल सुलभ प्रणाली र पद्धतिले मुलुक चल्नु पर्छ। र आम गरिब किसान जनताले आफ्नो देशमा रहेर आफ्नो खुट्टामा उभिन सक्ने वातावरण शृजना हुनु पर्छ भन्ने मान्यता म जस्ता ७० लाख भन्दा बढी बिदेशिएका युवाहरुको हो ।
किन भने यदि आफ्नै मुलुकमा असल सुसान भैदिएको भए आफ्नै माटोमा रहेर रोजगारको खातिर आफ्नो अमुल्य पसिना बगान लाखौं युवहरु तयार हुने थियो । तर अपबाद यो नहुदा वैदेशिक रोजगारको नाममा लाखौं युवा रेमिटेन्स भित्र्यादै देशको अर्थतन्त्र धान्ने साधनको रुपमा सरकारले प्रयोग मात्र गरिरहेको छ।
बिदेशी भुमिमा सहुलियत मुल्यमा आफ्नो श्रम बेच्ने कुनै देशको नागरिक चाहाना हुदैन । यो बाध्यता हो । मुलुकमा आमूल परिबर्तनको खातिर विभिन्न तह र तप्काहरुमा क्रान्ती नभएको हैन आमूल परिवर्तन हुनु पर्छ भन्ने मानसिक्ता बोकेर विभिन्न समय अबधी सडक सदन देशी दस बर्ष जनयुद्ध सम्म नभएको भने हैन । संविधान पनि पटक पटक परिमार्जन तथा हेरफेर हुँदै नयाँ संविधान पनि बने कै हो तर कागजी रुपमा मात्र हुनुको परिणाम अहिलेको स्थिति हो ।
आम जनताको मनसाय भित्र जब नेपालको संविधान २०७२ जारी भइसकेपछि राजनीतिक क्रान्तिको चक्र पूरा हुनेछ भन्ने ठूलो आशा राखेको थियो ।,जुन काल खन्डमा जनताले सोचेको थियो अब आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने भाषण नेताहरूले धेरै गरे ।
यहि भिड भित्र फेरि अर्को स्वार्थि राजनीतिको बीजारोपण गर्ने इतिहास रच्दै संघीय शासन प्रणालीलाई मजबुत बनाएर आर्थिक क्रान्तिका लागि स्थिर सरकार भन्दै एमाले र माओवादी केन्द्र मिलेर जनताको सामु आफ्नो स्वार्थ पूरा गर्न चुनाव लडे । झन्डै दुईतिहाइ बहुमतको सरकार पनि बन्यो । पछि दुवै पार्टीको एकता भएर बन्यो— नेकपा ।
आम जनतामा उत्सुकता जाग्नु कुनै नौलो कुरा थिएन बर्षौ देखि अल्पमतको सरकारले मुलुक हाकिरहेको स्थितिमा बहुमतको सरकार गठन भएकोमा जनता माझ केही कौतुहल जागेको थियो ।
अब केही भई पो हाल्छ भन्ने आशा त्यतिखेर जनतामा जागेको थियो । तर, एकीकरण भएकै छ महिना पनि नपुग्दै नेकपामा फुट र गुठको भागबन्डा जस्तामा खिचातानी सुरु हुन थाल्यो । अहिले तीन वर्ष पार गर्दैगर्दा एकता यसरी गर्ल्याम्म ढल्यो । अब कुनै पार्टीले दुईतिहाइ नजिकको बहुमत सायदै पाउँछ । त्यस्तो राजनीतिक स्थिरता देशले फेरि पाउन गाह्रो छ ।
कुनै राजनीतिक दलका शीर्ष नेताहरूको व्यक्तिगत स्वार्थका कारण समग्र देश अन्योलतर्फ धकेलिनु ज्यादै दुखदायी हो । देश र जनतालाई राजनीतिक पार्टी विशेषको सिकार बनाउने परिपाटीको अन्त्य हुनु नितान्त जरुरी छ । राजनीति ईतिहास हेर्ने हओ भने आजको दिन सम्म आईपुग्दा नेपालको राजनीति स्वार्थ र व्यवसायमा परिणत भएको छ । जो अहिकेको स्थितिको राजनीतिले स्पस्ट पारिसकेको छ। जहाँ देश भक्त नेता, प्रतिनिधि, भनाउदाहरु छोटो अवधिमै पद, पैसा, पावर आर्जन गर्न जस्तो सुकै हर्कत गर्न पनि पछि परिँदैन ।
हिजो सम्म चप्पलको भरमा गरिब जनता सामु बिकासका झुठो आश्वासनको भाषण गरि त्यही जनताको अमुल्य मत पाएर राजनीतिको भर्याङ चढेर पदमा पुग्ने अनि आफ्नो स्वार्थको निम्ति नातावाद , कमिसनतन्त्र, घुसखोरी तथा भ्रष्टाचारमा चुर्लुम्म डुब्दासमेत कारबाहीको भागी हुनु नपर्ने परिपाटी मानौं मुलुकमा संस्थागत भइसकेको छ ।
जो हिजो गाउँबाट चप्पल पड्काउँदै हिँडेका माल्दाइहरू राजनीति गरेकै भरमा आलिसान महलमा मार्सीको भुजा र बँदेलको मासु ज्यूनार गरिसिन्छ । तर माल्दाइहरूको सम्पत्ति विवरण सर्वाजनिक हुँदा तिनले साँच्चिकै ती सर्वहारा जनताको सेवाका लागि राजनीति गरिरहेका छन् त भन्ने आशंका उत्पन्न हुन्छ ।