अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा नेपाल पत्रकार महासंघ उदयपुरलाई अक्सिजन सिलिन्डर बितरण

everest kitchen

अन्तर्राष्ट्रिय नेपाली समाजद्वारा उदयपुरबासीहरुको लागि नेपाल पत्रकार महासंघ उदयपुर शाखालाई अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ ।
अन्तर्राष्ट्रिय नेपाली समाजका उदयपुरवासी पदाधिकारीहरुको सक्रियतामा ग्यास सिलिन्डर वितरण गरिएको हो ।
उदयपुरमा कोरोना संक्रमितको संख्या उच्च भएसँगै नेपाल पत्रकार महासंघ उदयपुर शाखाको भवनमा ४ शैयाको आइसुलेशन सेन्टर संचालनमा रहेकोको छ । यस आइसुलेशन सेन्टरमा अक्सिजन ग्यास सिलिन्डरको अभाव भएको कारण पत्रकार महासंघ उदयपुर शाखाले अन्तर्राष्ट्रिय नेपाली समाजसँग सिलिन्डर माग गरेको थियो ।
उदयपुरवासी अन्तर्राष्ट्रिय नेपाली समाजका पदाधिकारीहरुको सकृयतामा आर्थिक संकलन गरी ४० लिटरको एक थान अक्सिजन सिलिन्डर, स्यानिटाइजर र मास्क नेपाल पत्रकार महासंघलाई वितरण गरेको हो ।
अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय उपाध्यक्ष झलक बुढाथोकी तथा आभास अभियन्ता साथै अन्तर्राष्ट्रिय नेपाली समाज महिला समिति उपाध्यक्ष नजबुल खान (निलम) को सक्रियतामा आर्थिक सहयोग अन्तर्राष्ट्रिय नेपाली समाज राष्ट्रिय समिति मलेसिया, समाजका शुभेच्छुक उदयपुरका माथवरशिंह राउत अमेरिकाबाट, शन्देश बुढाथोकी कोरियाबाट, दुर्गा राई पोर्चुगलबाट, रुपा राई, गणेश खत्री (दिपक) नेपालबाट प्राप्त भएको थियो ।
यस अघि पनि अन्तर्राष्ट्रिय नेपाली समाज द्वारा उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको कोरोना आइसुलेशन सेन्टरलाई ५५ हजार रुपैयाँ बराबरको संक्रमितलाई पोषणयुक्त खाद्यान्न वितरण गरेको थियो ।
कोरोना संक्रमणको प्रभावित जिल्ला मध्य उदयपुर पनि एक हो । हाल सम्म उदयपुरमा २ हजार ६९ जना संक्रमित भएकोमा ४८ जनाको मृत्यु भइसकेको छ ।