अनुग्रह राना मगर -पुस्प
संखुवासभा
हाल- मलेसिया
सँधै ठिक समयमा घर आइ पुग्ने मान्छे आज किन ढिलो गर्यो होला रामेको बुवाले भन्दै फतफती रहि रामेको आमा सुन्तली ।
उता रामेको बुवा धने भने छुट्टिएर बसेको दाजुकोमा आमालाई राखेको धेरै भइ सकेकोले भेट्न जाने बिचार गरि आज अफिसबाट पनि साप सँग हाफ् छुट्टी मागी बिदा लिएर गएको थियो ।
धने पुग्यो आफ्नो ससुराली घरमा । घरमा कोहि थिएन मात्र सासुआमा । सासुआमाको हालत देखेर धने छक्क पर्यो बिचरीलाई न त खाना दिदाँं रहेछन् न त स्यार सुसार नै । बिचरी एक्लै सकि नसकी गर्दै रहिन्छिन् यता उता ।
यो हालत देखेर धनेको मनमा दया जाग्यो । र सासुआमलाइ लिइ घर पुगे । घरको पछाडी सासुआमालाइ राखेर धने एक्लै गए । सुन्तली फत्फताउन लागि ।
यता जान्छु पनि छैन उता जान्छु पनि छैन हैन के भको कमसेकम फोन गरेर भन्नू त पर्छ भन्न थालीन् सुन्तलीले ।
हैन आमा एक्लै छ अरे भनेर भेट्न गएको थिएँ ।
अनि भेट्नु भो त रु रिसाउँदै भनिन् ।
भेँटे नी बिजोग रहेछ । मैले त यतै बस्नलाई भनी लिँएर आएँ । धनेले भने ।
लु भो आफ्नो केटाकेटीलाई पाल्न सकेको छैन फेरि ती बुढिलाई पो लिएर आएको लु बस्नु दुइ आमाछोरा म त हिडेँ माइत तिर ।
पर्खन किन जान पर्यो माइत आमा त हामी सबैको होनी हैनर ।
मर्न नसकेकी बुढिलाइ लिएर आउँछौ म सक्दिन स्याहर सुसार गर्न भन्दै फत्फताइ रहि सुन्तली ।
आमालाइ बोलाउँदै धनेले भन्यो यता फर्कत /
सुन्तली फर्किन र भन्न लागि आफ्नै आमा पो रहिछिन् । किन अघि नल्याएको त । पहिल्यै मेरी आमा भनेको भए त यत्रो गलबाजी गरि मैले माइत जाने बिचार त गर्नुपर्थेन भन्दै आमाको हात समाऊदै घर भित्र लगी ।