संघीयता कार्यनयनसंगै गाउँ स्तरमै विकास कार्यक्रमको तिब्रता : पूर्वमन्त्री केसी

everest kitchen
कर्णाली प्रदेश सरकारद्धार  नवनिर्मित सिम्रुतु ईलाका प्रहरी चौकीको भवनको अनुगमन गर्दै पूर्वमन्त्री केसी

रुकुम । कर्णाली प्रदेशकी पुर्वमन्त्री बिमला केसीद्धारा त्रिवेणी गाउँपालिकामा विकास योजना कार्यक्रमको अनुगमन गरेकी छन् । प्रदेश सरकारको पूर्वाधार क्षेत्र विशेष कार्यक्रम अन्तर्गतका जिल्लामा सञ्चालन रहेका योजनाहरुको अनुगमनको क्रममा उनले त्रिवेणीमा सञ्चालित योजनाहरुको पनि अनुगमन गरेकी हुन ।

अनुगमनको क्रममा उनले संघ, प्रदेश हुँदै स्थानीय तह पनि विकासमा लागेकाले नागरिकले त्यसको महशुस गरेको आफुले पाएको बताएकी छन् । संघीयता कार्यन्वन भएसंगै गाउँ स्तरमै विकास कार्यक्रमले तिब्रता लिएको उनले बताईन ।

प्रदेश सरकारको पूर्वाधार क्षेत्र विशेष कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७७/०७८  मा रुकुम पश्चिममा ४० वटा योजना यही शीर्षकको बजेटबाट सम्पन्न भएको बताएको छ । ती योजनाहरु अधिकांस पुर्ण कार्यनयन र केही अन्तिम चरणमा रहेको मन्त्री केसीले बताईन ।

अनुगमनको क्रममा पूर्वमन्त्री केसीसहित, जिल्ला समन्वय समिति उपप्रमुख ईन्दिरा बुढा, गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती, गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट खडका, पूर्वाधार विकास कार्यालयका प्रमुख पदमप्रसाद देवकोटा लगायतको सहभागीता रहेको थियोे  ।