राक्सिराङ गाउँपालिकाद्धारा झण्डै ५५ करोडको बजेट प्रस्तुत

everest kitchen

सविन कुमार लोप्चन,  मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका आगामी बर्षको निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक बर्ष २०७८/७९ को लागि उपाध्यक्ष निर्मला हिम्डुङले झण्डै ५५ करोडको बजेट प्रस्तुत गरेकी हुन ।

उपाध्यक्ष हिम्डुङले बिहिवार सम्पन्न गाउँसभामा ५४ करोड ७३ लाख २० हजार ८ सय ४३ रुपैंया ८८ पैसा कुल बजेट प्रस्तुत गरेकी हुन । जसअनुसार कर्मचारीहरुको व्यवस्थापन , राक्सिराङ गाउँपालिका , गाउँ कार्यपालिका , गाउँसभा र गाउँपालिका अन्तरगतका निकायहरुको कार्यालय सञ्चालन तथा कर्मचारीहरुको तलब तथा सुविधा र विषयगत क्षेत्रमा हुने चालू खर्चको लागि २८ करोड ८४ लाख बजेट छुट्याइएको छ ।

त्यस्तै पुजीगत खर्चको लागि २५ करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जुन कूल व्ययको ४७.३० प्रतिशत बजेट रहेको छ ।

आन्तरिक राजश्वबाट ४ करोड ८३ लाख, चालू आर्थिक वर्षमा खर्च नभएको जम्मा ३ करोड मौज्दात, संघीय सरकारबाट अनुदान ३९ करोड १८ लाख १३ हजार , प्रदेश सरकारबाट ७ करोड ७ लाख ७ हजार सय ४३ रुपैया ८८ पैसा र  वित्तीय हस्तान्तरण मार्फत बजेट पुर्ति गरिने उल्लेख गरिएको छ ।