राहुल सिंहको “तु ही यार मेरा “फिल्मको फस्टलुक सर्वजनिक

everest kitchen

कृष्ण गुप्ता
काठमाडौं । एमबी ईन्टरटेन्मेट र श्री मित्तल मूवीजको ब्यानरमा निर्मित भोजपुरी फिल्म “तू ही यार मेरा” को फस्ट लुक सार्वजनिक भएको छ ।

फिल्मको प्रमुख भूमिका राहुल सिंह र रेशमा शेखले निभाएका छन् । निर्मात्री मधु लता मित्तल र मदीनाले निर्माण गरेको उक्त फिल्मलाई रोमान्टिक तरिकाले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।

त्यस्तै फिल्मको सह निर्माता साहिल कुरेशी रहेका छन भने मंजूर अली कुरेशीले निर्देशन गरेका छन भने सहायक निर्देशन मुकेश तिवारीले गरेका छन् ।

यस्तै फिल्मको गीतलाई सोयब अंसारीले शब्द सिर्जना गरेका छन् भने सावन कुमारले संगित भरेका छन् । आलोक कुमार, मोहन राठौर, प्रियंका सिंह, इंदु सोनाली, अल्का झा, ममता राउत, शिल्पी राजले स्वर भरेका छन् । साथै, डीओपीमा हितेश बेलदार र परेश पटेल रहेका छन् । मोहम्मद महबूब अलीको द्वन्द र दीपक तुरिले नृत्य निर्देशन गरेका छन् ।