लघुकथा : लत
कमला पन्थी अधिकारी
रामबहादुर गाउँका भद्र भलाद्मी व्यक्ति थिए। विद्यालयकाे सञ्चालक समितिकाे उपाध्यक्ष , भू पु सैनिक , स्थानीय वन उपभाेक्ता समितिकाे अध्यक्ष लगायत विभिन्न संघ संस्थामा अावद्ध थिए । गाउँमा गाह्राे साह्राे पर्दा सबैलाई सहयाेग गर्थे । तसर्थ उनी गाउँमा सबैका प्रिय पनि थिए ।
उनकाे जग्गा प्रसस्त थियाे । छाेरा छाेरी विदेशिएकाले सबै अधिया लगाएका थिए । उनलाई समाजका गतिविधिमा सलग्न हुँदा फुर्सत पनि थिएन । देखेकाे र मनमा लागेकाे कुरा बाेल्ने उनकाे स्वभाव थियाे । तत्काल तिताे लागे तापनि उनकाे कुरामा सबै सहमत हुन्थे ।
जेठकाे महिना थियाे । अँधिया दिएकाे गहुँ खेतमा मेसिन लगाएर अाज चुट्ने हाे भन्ने खबर पाए र उनी खेतमा जान हिडे। अाधा घन्टाको बाटो थियो । बाटामे चाैताराे पर्दथ्याे ।धेरै गर्मी भयाे , छाता पनि बोकेका थिएनन् । एकछिन शीतलमा बस्नु पर्याे भन्ने साेचे । उनी चाैतारामा सुस्ताए । ढुङ्गामा एउटा ठुलाे सुर्तीकाे टुक्रा भेटे । हतारमा सुर्ती राख्न पनि भुसुक्कै बिर्सेकाले ट्याप्प टिपेर बच्चाले चक्लेट भेट्टाए जस्तै गरी मुखमा हाले । एकछिन पछि सुर्ती चपाउदै खेतमा पुगे । सुर्ती निकै पिराे थियाे ।
खेतमा पुग्नासाथ ” कुन चाँहिले गैरी चौताराेकाे ढुङ्गामाथि सुर्ती खसालेकाे रहेछ । टिपेर खाएकाे त साह्रै पिराे पाे रहेछ “भन्दै थुक्क थुकेर पर पुर्याईदिए ।याे सुनेर खेत कमाउनेले मसुक्क मुस्कुराउदै भन्याे । “त्याे त धेरै पिराे भएर मैले मिल्काएकाे हाे हजुर “।