मन्त्री श्रेष्ठलाई पदमुक्त गर्न दलित अगुवाहरुको माग

everest kitchen

काठमाडौं । प्रदेश १ का दलित अगुवाहरुले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका छन् । राष्ट्रियसभाका पूर्वसांसद खेम नेपालीको नेतृत्वमा दलितहरुले जातीय विभेदको पक्षपोषण गर्ने मन्त्री श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका हुन् ।

पूर्वसांसद नेपालीसहितका दलित अगुवाहरुले आइतबार जिल्ला प्रशासन मोरङमार्फत मन्त्रीलाई पदबाट हटाउन माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाएका छन्। जातकै कारण कोठा भाडामा नदिएको अरोपमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरधनी सरस्वती श्रेष्ठलाई कानूनी कार्वाहीबाट जोगाउन आफै प्रहरी कार्यालयमा आएर छुटाएर लाने शिक्षा मन्त्री श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने उनीहरुले ज्ञापनपत्रमार्फत माग गरेका छन् ।

जातीय विभेदलाई संरक्षण गर्ने मन्त्रीलाई पदबाट नहटाएमा कडा संघर्ष गर्ने उनीहरुले चेतावनी दिएका छन् । सञ्चारकर्मी रुपा सुनारलाई जातकै कारणले कोठा भाडा नदिने घरबेटी पक्राउ परेपछि पदको दुरुपयोग गरि प्रहरी हिरासतबाट छुटाएर जातीय विभेदलाई संरक्षण गरेको भन्दै दलित अगुवाहरुले आपत्ति जनाउँदै आएका छन् ।