एनआरएन क्षेत्रिय शाखा जोहोर मलेसियाको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा बस्नेत

everest kitchen

समीर मल्ल
मलेसिया । “नेपालका लागि नेपाली ” भन्ने मुल नाराका साथ बिस्वभरि स्थापना भयको गैरआबसिय नेपाली संघ (एनआरएनए) मलेसिया जोहोर शाखाको अधिबेशन आइतबार भर्चुअलमाध्यमबाट तेस्रो अधिबेशन समपन्न भएको छ ।

अधिवेशनले जोहोर क्षेत्रिय शाखामा सर्बसहमतिमा हरि बस्नेतको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको हो ।
संघको नयाँ कार्यसमितिमा अध्यक्षमा हरि बस्नेत,
वरिष्टउपाध्यक्षमा बेदना श्रेष्ठ, उपाध्यक्ष युवराज ज्योती, सचिब राज बहादुर साउँद, सह-सचिब बिंदु दर्लामी मगर, कोषाध्यक्ष रेश्मा कला राई, युवा संयोजकमा छविलाल गिरी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा विवस ओली,हिमाल थापा मगर,शैलेश सौगात, रीमा गुरुङ,गङ्गा चाम्लिङ्ग राई,सुनिता शाह ,उर्मिला राई,तिलक बहादुर श्रेष्ठ ,उषा केसी र धुर्ब देब लामिछाने सहित १९ सदस्य कार्य समिति सर्बसहमती मा चयन गरेको निर्वाचन समिति संयोजक नारायण अधिकारीले जानकारी दिए।

एनआरएन क्षेत्रिय समिती जोहोरका अध्यक्ष मिम गुरुङ को अध्यक्षतामा समपन्न अधिबेशनमा नेपाली राजदुतावास मलेसियाका द्धितिय सचीव प्रेमबहादुर बुढा थापा प्रमुख अथिती रहेका थिए भने बिशिस्ट अथितिमा एनआरएन मलेसियाका पुर्वअध्यक्ष तथा वर्तमान एसिया प्यासिपिक उपसंयोजक खगेन्द्र न्यौपानेको उपस्थिति रहेको थियोे ।