पीएनसीसी मलेसियाद्धारा अनलाइन स्वास्थ शिविर कार्यक्रम सम्पन्न

everest kitchen

मलेसिया । प्रवासी नेपाली समन्वय समिति द्वारा आयोजित अनलाइन स्वास्थ शिविर कार्यक्रम सम्पन्न गरेकोछ । यस स्वस्थ शिविर मार्फत मलेसियामा रहेका नेपाली लगायत अन्य प्रवासी श्रमिकहरुलाई कोरोना बिरुद्धको खोप सम्बन्धि आवश्य जानकारी गराएको थियो ।

कार्यक्रमको संयोजक मछिन्द्रनाथ चापागाईले कार्यक्रमको सहजीकरण गरेका थिए भने कार्यक्रमको मुख्य बिषयको जानकारी डाक्टर भुपोन्दर कौर द्वारा गराएको थियो ।

कार्यक्रम डाक्टर कौरले बोल्दै कोरोना बिरुद्धको खोप अनिवार्य सबैले लगाउनु पर्ने बताए । मलेसियाको सरकारको नियम अनुसार खोप आफ्ना श्रमिकहरुलाई सम्बन्धित कम्पनीले निशुलक ब्यवस्था गर्नु पर्ने रहेको पनि जानकारी गराए । यस खोप मुटु तथा गम्भीर रोगसंग सम्बन्धित बिरामीले डाक्टरहरुको परामर्श पछि मात्र लगाउन सुझाएका थिए ।

साथै यस खोपले कुनै पनि नकारात्मक असर नगर्ने र सबैले लगाउन मिल्ने छ । तर पहिला नै कोरोनाबाट संक्रमितले भने संक्रमित भएको ३ महिना पछि मात्र खोप लगाउनु पर्ने जानकारी गराए ।

शिविरमा आदिवासी जनजाति महासंघ मलेसिया, गैर नेपाली समाज मलेसिया, अन्तर्राष्ट्रिय नेपाली समाज मलेसिया लगाय संस्थाको प्रतिनिधिहरु साथै मलेसियामा रहेको नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।