मलेसियाको लकडाउन अझै नखुल्ने, दैनिक ४ हजार भन्दा कम बिरामि भेटिए मात्र खुल्ने

everest kitchen

मलेसिया सरकारले लगाएको लकडाउन अझै नखुल्ने भएको छ ।
जुन १ तारिखबाट मलेसियाभर सुरु भएको पूर्ण लकडाउन अझै खुल्ने निश्चित नहुने भएको छ । मलेसियाका प्रधानमन्त्री तानश्री मुयाद्दीनका अनुसार मलेसियामा अहिलेपनि अपेक्षा अनुरुप बिरामिको संख्या नघटेपछि लकडाउनलाई निरन्तरता दिइएको हो ।
प्रधानमन्त्री मुयाद्दीनका अनुसार दैनिक ४ हजार भन्दा कम बिरामि भेटिए र मलेसियाको जनसंख्याको १० प्रतिशतले कोरोना भ्याक्सिन लगाएमा मात्र लकडाउन खुकुलो बनाइनेछ ।
मलेसियामा हाल दैनिक ५ हजार भन्दा बढि कोरोना बिरामि भेटिने गरेका छन् भने दैनिक ८० जनाको हाराहारीमा मृत्यु हुने गरेको छ ।
मलेसियाको कोरोना भ्याक्सिन कार्यक्रम भने अपेक्षाकृत रुपमा सन्तोष जनक रहेको छ । दैनिक अढाइ लाखको हाराहारीमा कोरोना भ्याक्सिन लगाइने गरेको छ ।