नेपालप्रति ओलीको कडा टिप्पणी: उनले भने “नेपाल प्रचण्डको पुच्छर

everest kitchen

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपालमाथि फेरि खनिएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालमाथि अशोभनीय टिप्पणी गरेका छन् । उनले नेपाल, प्रचण्डको पुच्छर भएको टिप्पणी गरेका हुन् ।

सोमबार मदन भण्डारीको ७० जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै यसअघि आफूले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् भनेको स्मरण गर्दै उनले भने, ‘धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ! मलाई बहुला कुकुरले टोकेको छ र ?

“कहिले अध्यक्षको प्रस्ताव राखेको छ भन्छन्। एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन्। पुच्छर भएपछि जन्तु पूर्व फर्किए त्यो पश्चिमतिर हुन्छ। पछाडि पछाडिसँगै हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।

केही दिनअघि नेता नेपालले आफूलाई ओली पक्षकाले प्रधानमन्त्री अफर गरेको भए पनि सहयात्री दललाई धोका दिएर आफूले ओलीको प्रस्ताव नस्वीकार्ने बताएका थिए।