तमु समाज मलेसियाद्धारा विपन्न तथा गरिब विभिन्न व्यक्ति तथा समुहलाई आर्थिक सहयोग

everest kitchen

काठमाडौं । कोभीड १९ नायँ भेरीयन्ट को दोश्रो लहरले नेपालमा संकट निम्त्याएको समय लाई मध्यनजर गर्दै तमु समाज मलेसियाले विभिन्न व्यक्ति तथा समुहलाई विभिन्न सहयोग गरेको छ । मलेसियामा कार्यरत रहेका तमु ,गैर तमुहरुबाट कोरोना रोकथामको निम्ती आर्थिक सहयोग संकलन अभियान संचालन गरी २ लाख ८७ हजार ८ सय पैंतालिस रुपैयाँको राहत सहयोग गरेको हो ।

समाजले गोरखा सुलीकोट गाउँपालिका वडा नं. ४ साबिक सौरपानी गाविसको कोलस्वाँरा गाँउको लागि १ लाख १९ हजार ८४० नगद रकम त्यही ठाउँको स्थानीय शिक्षीका एवं सञ्चारकर्मी सलिना गुरुङलाई हस्तान्तरण गरिएको छ ।

यस्तै समाजसेवी ईशा गुरुङको “हाम्रो टिम नेपाल” सँग सहकार्य गरि कोरोनाको कारणले ज्याला मजदुरी गर्ने तथा खाद्यान्न आभावमा भोकभोकै सड़को पीडिमा बस्न बाध्य विभिन्न बर्गलाई लक्षित गरी खाना खुवाउनको लागि ८० हजार रुपैयाँ हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

उक्त सहयोग रकम तमु समाज मलेसियाका पूर्व सचिव सन्तोष गुरुङ र समाजसेवी एवं कलाकार भिजन गुरुङले हाम्रो टिम नेपालका कार्यालयमा हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्तलाई हस्तान्तरण गरेको हो ।

कोभिड – १९ र जारी निषेधाज्ञाको कारण अप्ठ्यारोमा परि खाना बस्न समस्यामा परेकाहरुलाई सहयोग गर्नेगरी “इन्द्रणी कार्यक्रम” मार्फत बितरण गर्न ५५ हजार रुपैयाँ ईन्द्रेणी कार्यक्रम टिमलाई हस्तान्तरण गरेको समाजले उल्लेख गरेको छ ।

उक्त सहयोग रकम चलचित्र निर्माता एवं हङकङ निवासी बिकास क्रोम्जे गुरुङ , सिआइडी अजय गुरुङ , समाजसेवी,गीत संगित निर्माता मिठु माया गुरुङ र समाजसेवी एबम कलाकार भिजन गुरुङको टोलिले इन्द्रेणीका कार्यक्रम संचालक कृष्ण कंडेल लाई इन्द्रेणीको कार्यालयमा हस्तान्तरण गरेको थियो ।

त्यस्तै, कोभीड संक्रमित बिरामी स्याङ्जा वालिङ् नगरपालिका वाड नं १२ घर भई पोखरा पश्चिमआन्चल कम्युनिटी हास्पिटलमा उपचारर्थ टाबी माया गुरुङ लाई तमु समाज मलेसियाले शिघ्र स्वास्थ्य लाभको कामना सहित ३३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त रकम तमु समाज मलेसियाका पूर्व सक्रिय सल्लाहकार चोक गुरुङ ज्यु ले पश्चिमअन्चल कम्युनिटी अस्पतालमा पुगी बिरामी टाबी माया गुरुङ को दिदी लाई हस्तान्तरण गरिएको बताएको छ ।