रुकुमको त्रिवेणी गाउँपालिकाद्धारा निति तथा कार्यक्रम सार्वजनिक

everest kitchen
advertise

विपेन उलङगे

रुकुम पश्चिम । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका आर्थिक वर्ष २०७८/७९ को लागि निति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले गाउँसभामा निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । यसअघि असार १० अगाबै आउने भनिएको निति तथा कार्यक्रम प्राविधिक कारण र थप छलफको लागि भन्दै केही दिनपछि मात्रै आएको हो ।

अध्यक्ष घर्तीद्धारा प्रस्तुत निति तथा कार्यक्रममा सामाजिक विकास क्षेत्र अन्तर्गत शिक्षा, स्वास्थ्य, रोजगार, बहुक्षेत्रीय पोषण, खानेपानी तथा सरसफाइ, सामाजिक,साँस्कृतिक प्रबर्द्धन, खेलकुद मनोरञ्जन लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण लगायतका शिर्षकमा आधार मानेर कार्यक्रम तय गरिएको छ ।

त्यस्तै उक्त निति तथा कार्यक्रममा आर्थिक विकास क्षेत्रमा कृषि पशुपालन आधुनिकरण, उद्योग तथा वाणिज्य, पर्यटन विकास, सहकारी, वित्तीय क्षेत्र लगायतका शिर्षकहरुका आधारमा निति तथा कार्यक्रम निर्माण गरिएको छ ।

पूर्वाधार विकास क्षेत्रमा स्थानीय सडक, सडकपुल तथा झोलुङ्गे पुल, सिचाइ, भवन तथा शहरी विकास, उर्जा, लघु तथा साना जलविद्युत तर्फ, संचार क्षेत्र लगायतका शिर्षकलाई समेटेर निति तथा कार्यक्रम निर्माण गरिएको छ । वातावरण तथा विपद व्यवस्थापन क्षेत्रमा वन तथा भु-संरक्षण, बाह्य बाताबरण निर्माण, अनुगमन, मुल्यांकन र निरिक्षण लगायतका शिर्षकमा विभिन्न निति तथा कार्यक्रम तया गरिएको उल्लेख छ ।

यस्तै न्याय कानुन सम्बन्धि सुशासन, सार्वजनिक सेवा प्रवाह तथा सुशासन , जनप्रतिनिधि तथा कर्मचारी आचार संहिता, योजना तर्जुमा, कार्यान्वयन तथा लेखाप्राणी, संघ संस्था समन्वय र परिचालन, बजेट कार्यनयन, राजश्व प्रशासन तथा परिचालन र सामाजिक सांस्कृतिक रुपातथा सभ्यताको विकास लगायतका विषयमा चुस्त दुरुस्त रुपमा प्रभावकारी कार्यनयनको लक्ष्य राखिएको निति तथा कार्यक्रममा उल्लेख छ ।