जुलाईमा नेपालमा प्रत्येक हप्ता २१ वटा अन्र्तराष्ट्रिय जहाज जाने, मलेसियाबाट ३ वटा जहाज जाने

everest kitchen

 

नेपाल उड्डयन प्राधिकरणले जुलाई महिनाको लागि प्रत्येक हप्ता २१ वटा अन्र्तराष्ट्रिय उडानको तालिका सार्बजानिक गरेको छ ।

नेपाल सरकारले मलेसिया, भारत, कतार, यूएई, टर्की, साउदी अरबेयिा, कोरिया, चीन, कुवेत, ओमान, जापान लगायतका गन्तब्य देशको लागि अनुमति खुल्ला गरेको हो । जस मध्येमा चीन र कोरियाको लागि कुनै पनि जहाज कम्पनीले उडान अनुमति मागेका छैनन ।

मलेसियाबाट हप्तामा नेपाली एयरलाइन्स २ वटा र मलेसियन एयरलाइन्स २ गरेर ४ वटा उडानको अनुमति दिएता पनि नेपाल एयरलाइन्स, मालिन्डो एयरलाइन्स र हिमालयन एयरलाइन्सले मात्र अनुमति लिएकाले जुलाई महिनाभरी हप्तामा ३ वटा मात्र उडान हुने भएको छ ।