बजेट र जनताको आवश्यकता बीच ठुलो खाडल: जिल्ला समन्वय समिति प्रमुख शर्मा (भिडियो)

everest kitchen
जिल्ला समन्वय समिति रुकुम (पश्चिम) प्रमुख राजकुमार शर्मा

रुकुम । जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले नीति तथा कार्यक्रम, बजेट र हाम्रो आवश्यकता बीच ठुलो खाडल रहेको बताएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिकाद्धारा मंगलबार आयोजित गाउँसभामा बोल्दै निति कार्यक्रम र बजेटबीच त्यस्तै  बजेट र जनताको आवश्यकता बीच ठुलो खाडल रहेको उनले बताएका हुन ।

गाउँपालिकाले पारित गरेको निती तथा कार्यक्रम र बजेट बारे आफ्ना सुझावहरु राख्दै, “उनले भने”  “बजेट र हाम्रो ईच्छा, चाहाना, आवश्यकता बीच ठुलो खाडल, अन्तर बिरोध छ । यसले मन कुडिने गर्छ ।” साथै उनले, नीति तथा कार्यक्रम उत्कृष्ट बनाएपनि त्यसरी बजेट परिचालन गर्न नसक्नु विडम्बना भएको समेत बताए । बजेट परिचालन तथा कार्यनयनलाई चुस्त, दुरुस्त बनाउन समेत उनले जोड दिए ।

साथै, रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका आर्थिक वर्ष २०७८/७९ को लागि निति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट खड्काले गाउँसभामा झण्डै ४५ करोडको बजेट सार्वजनिक गरेकी हुन  । यसअघि असार १० अगाबै आउने भनिएको निति तथा कार्यक्रम र बजेट प्राविधिक कारण र थप छलफको लागि भन्दै केही दिनपछि मात्रै आएको हो ।

उपाध्यक्ष विष्टद्धारा सार्वजनिक बजेटमा गाउँपालिकाको कुल ४४ करोड २४ लाख ९३ हजार विनियोजन गरिएको छ । जसमा चालुतर्फ ३२ करोड ८९ लाख ९३ हजार ५४५ अर्थात ७४.३५ प्रतिशत रहेको छ। पुँजीगत तर्फ ११ करोड ३४ लाख ९९ हजार ४५५ रुपैयाँ  अर्थात कुल बजेटको २५.६५ प्रतिशत रहेको छ ।