राउटे युवतीमाथि अनैतिक क्रियाकलाप गर्ने ३ जना जेल चलान

everest kitchen

सुर्खेत । सुर्खेतमा राउटे युवतीमाथि यौ दुर्व्यवहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको एकल इजलासले बुधबार उनीहरूलाई कारागार चलान गर्न आदेश दिएको हो ।

सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।

ती युवाहरूले राउटे समुदायकी १९ वर्षीय र २३ वर्षीय युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर अनैतिक क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसलगत्तै उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।