पूर्वी चितवनमा बाढीको कहर, जोखिममा परेका सयौं परिवार स्थानान्तरण

everest kitchen

चितवन । निरन्तर भारी बर्षाका कारण पूर्वी चितवनमा बाढीले कहर निम्त्याएको छ । जसले कारणले पूर्वी चितवनको पंफाखोलामा आएको बाढीका कारण राप्तीका १५० घरधुरी विस्थापित भएका छन् ।
इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजिब गिरि दिएको जानकारी अनुसार राप्ती नगरपालिका वडा नं ४ र ५ का भवानीपुर, सुन्दरबस्ती र खुरखुरे लगायत क्षेत्रका बस्तीमा खोला पस्दा ती परिवार विस्थापित भएका हुन् ।
बाढीको जोखिममा रहेका उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यहाँ रहेका ४ सय जनालाई सुरक्षित ठाउँमा सारिएको हो । यस्तै बूढी राप्तीमा आएको बाढीले डुबान गर्दा २० परिवार विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार रत्ननगर नगरपालिका-८ रमाइलोडाँडामा बाढी पस्दा २० परिवारका १सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।