पर्सीदेखि चाहियको खोप आउछ : प्रधानमन्त्री ओली

everest kitchen

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सिदेखि चाहिने जति कोरोना खोप आउने दाबी गरेका छन् । नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

भारतबाट दोस्रो डोज नआउँदा समस्या भए पनि अब खोपको समस्या नहुने भन्दै , उनले भने ‘अब भ्याक्सिनको समस्या छैन । पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ ।’

केही दलका नेताहरुले अहिले कोरोना खोप नदेऊ भनेर लबिङ गरिरहेको समेत उनले बताए । प्रधानमन्त्री ओलीले अरु दलले आफ्नो सरकार बनेपछि मात्रै खोप दिनु भनेर लबिङ्ग समेत गरेको दाबी गरे।