१ गोल उपहार पाएको स्पेनको संघर्षपूर्ण जित, इटली पनि सेमिफाइनलमा

everest kitchen

हिजो राति भएको यूरो कपको क्वाटरफाइनलका खेलहरुमा स्पेनले १ गोलको उपहार पाएको खेलमा संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्यसैगरि हिजै भएको दोश्रो खेलमा बेल्जियमलाई पराजित गर्दै इटली पनि सेमिफाइनलमा आफ्नो स्थान बनाउन सफल भएको छ ।
हिजो राति भएको पहिलो क्वाटरफाइनल खेलमा स्वीटरल्यान्डका डेनिसले खेलको ८ औं मिनेटमा बिपक्षि खेलाडिले प्रहार गरेको बल रोक्न क्रममा आत्मघाति गोल भएको थियो । सोहि गोलको मद्दतले स्पेनले स्वीटरल्यान्डलाई रोक्न सफल रह्यो । स्वीटजरल्यान्डका तर्फबाट जेर्डानले ६८ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।
खेलको ७० औं मिनेटमा स्वीटरल्यान्डका रेमोले बिपक्षि खेलाडीलाई खराब ट्याकल गरेपछि रेडकार्ड पाएर बाहिरिएका थिए । उनि बाहिरिएसँगै १० खेलाडिमा सिमित भएको स्वीटजरल्यान्डलाई स्पेनले थप गोल गर्न सकेन ।
खेलको पुरै अबधि स्पेनले निक्कै नै कमजोर खेल प्रदर्शन गरेको थियो ।
निर्धारित समयसम्म र थप समयमा पनि दुबै पक्षबाट थप गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । जसमा स्पेनले स्वीटजरल्यान्डलाई १ का बिरुद्ध ३ गोल हानेर पराजित गर्न सफल भएको थियो ।
त्यसैगरि हिजो राति नै भएको दोश्रो खेलमा पदकको दाबेदार गरिएको बेल्जियमलाई १ को बिरुद्ध २ गोल गर्दै इटली सेमिफाइनलमा प्रवेश गरेको छ ।
बेल्जियमको तर्फबाट लुकाकुले १ गोल गरेका थिए भने इटलीको तर्फबाट लेरोन्जो र निकोलोले १–१ गोल गरेका थिए ।