युवा ब्यबसायी रन्जीत कुमार क्षेत्रीद्वारा एनआरएन मलेसियामा महासचिबमा उम्मेदवारी

everest kitchen

मलेसिया। गैरआवसीय नेपाली संघ (एनआरएनए) मलेसिया सातौँ अधिवेशन यहि जुलाई २५ तारिख हुदै छ । एक पछि अर्को गर्दै उम्मेदवारी घोषणा गर्ने क्रम बढिरहेको छ । यसै क्रममा एनआरएनए मलेसियाका बर्तमान सचिव समेत रहेका युवा ब्यबसायी रन्जीत कुमार क्षेत्रीले २०२१-२०२३ कार्यकालको लागी महासचिवमा आफ्नो उम्मेदवार घोषणा गरेका छन् ।

एनआरएनए मलेसियाको लामो समय देखि आबद्ध हुदै दुई कार्यकाल सचिव को जिम्मेदारी समेत सकुशल निर्बाह गरिसकेका क्षेत्री एक सफल ब्यवसायी पनि हुन । श्रमिकको हक, हित र अधिकारलाई सुनिश्चित गर्दै आएको र यसमा थप कटिबद्ध भएर लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै महासचिवमा आफ्नो उम्मेदवार घोषणा गरेको उनले बताए ।

अन्तर्राष्टिय अर्घाखाँची सम्पर्क मंचका मलेसियाका अध्यक्ष समेत रहेका क्षेत्री विभिन्न संघ संस्था हरुसँग काम गरेको अनुभव पनि छ ।

ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर अन्तिम समयमा संघ र आबद्ध सबैको सल्लाह बमोजिम अघाडी बढ्ने र यस्तै भुमिका निर्वाह गर्ने उनले बताए । आफुले दुई कार्यकाल सचिव पदमा काम गरेको र बरियताले पनि महासचिव पदमा उमेद्धवारी दाबि गरेको छु यसमा सबैको सात समर्थन पाउने विश्वास र आसा गरेको उनको भनाई रहेको छ ।।