एनआरएन मलेसियाको युवा संयोजकमा सिताराम बस्नेतको उम्मेदवारी

everest kitchen

मलेसिया। गैरआवासीय नेपाली संघ मलेसियाको सातौं अधिबेशनको माहोल तातिए सँग विभिन्न पदमा उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु भएको छ । यस्तै मलेसियामा रहेर सामाजिक क्षेत्रमा कार्य गर्दै आएका समाजसेवि सिताराम बस्नेतले युवा संयोजकमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन।

मलेसियामा क्रियाशील संघ संस्थाहरुमा आबद्ध हुदै राजदूतावास मलेसिया सँग समन्वय गर्दै श्रमिक हरुको हक,हितको अधिकारलाई सुनिश्चित गर्ने गरि पहल गर्दै आएका बस्नेत जोहोरबारु शाखाबाट एनआरएनए मलेसियाको अभियानमा आबद्ध भएका थिए ।

सम्वादको क्रममा, तपाईंको एनसिसी युवा संयोजकमा उम्मेद्वारी के का लागि भने प्रश्ननमा उनले भने लामो समय एनआरएनएमा काम गरेको र मलेसियामा कार्यरत श्रमिकको हक हितका विषयमा आफू पनि श्रमिक भएको हुदा मैले राम्रो संग श्रमिकको समस्यालाई अध्ययन गरेको छु र कोभिड १९ को समयमा पनि पिडित श्रमिकको होस्टेल-होस्टलमा पुगेर सहयोग गरेको अनुभव, सामाजिक संघ-संस्था हरुबाट पाएको अनुभव भएको हुँदा आफु श्रमिकको समस्यामा सदैव हातेमालो गर्न सक्छु र मलेसियामा धेरै युवाहरू छन ।

सम्पूर्ण ति युवाँहरुलाई एक्यबद्ध गराउदै नयाँ र स्मार्ट कार्य योजना ल्याएर सफल पार्नको लागि आफु समक्ष भएको र एनआरएनमा आवद्ध सबैको सल्लाह अनुसार मैले उम्मेद्वारी घोषणा गरेको बस्नेतको भनाई रहेको छ ।

एनआरएनए मलेसियाका बर्तमान केन्द्रिय सदस्य समेत रहेका बस्नेत आफु युवा संयोजकमा सर्वसहमत चयन हुने विश्वास रहेको उनको भनाइ थियो। एनआरएनए मलेसियाको नयाँ कार्यसमिति सर्वसहमतिबाट चयन हुने गरि छलफलमा छौ बस्नेत ले बताए ।

एनआरएनए मलेसियाको ७औँ अधिबेशन यहि जुलाई २५ तारिख हुदै छ। उक्त अधिबेशनले(२०२१-२०२३) कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।