नेपाल विद्यार्थी संघको सरकारविरुद्ध मसाल जुलुस

everest kitchen

काठमाडौँ। नेपाल विद्यार्थी संघले सरकारविरुद्ध मसाल जुलुससहित काठमाडौँमा प्रदर्शन गरेको छ । असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले प्रदर्शन गरेको हो।

मसाल जुलुससहितको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलासमेत जलाइएको छ। त्यसक्रममा १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जुलुसमा सकार र प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्द नारा जुलुस गरिएको थियो । संसद बिघटन असंबैधानिक कदम भएको भन्दै उनीहरुले बिरोध गरेका छन्।