बेपत्ता सुजिता भण्डारी जंगलमा मृत अबस्थामा फेला

everest kitchen

सविन कुमार,  चितवन । पूर्वी चितवनको राप्ती नगर पालिकाकीबाट बेपत्ता भएकी २२ वर्षीय सुजाता भण्डारी मृत अवस्थामा फेला परेकी छन् । सुजाता असार ११ गते बिहानदेखि बेपत्ता अवस्थामा रहेकी थिईन ।

सुजिताको राप्ती नगर पालिका वडा नम्बर ३ धमिली स्थित जंगलमा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक सुजिता असार ११ गते बिहान आफ्नो घरबाट तरकारी लिन भनी बाहिर निस्केकी उनी बेपत्ता भएकी थिईन ।

बेपत्ता भएको जानकारी लगत्तै चितवन प्रहरी अहोरात्र खट्दै खोजी कार्य जारी राखे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खोजी कार्यको क्रममा बेवारिसे अवस्थामा फेला परेकी हुन ।

शबको पहिचान नै नहुने अबस्था रहेको जानकारी प्रहरीलाई आएपछि सोही सुचनाको आधारमा प्रहरी घटना स्थल पुगेको थियो । सुजिताको दिदी र भाई आएर शव पहिचान गरे पछि शब सुजिता कै रहेको पुष्टि भएको ईलाका प्रहरी कार्यलय भण्डाराका प्रहरी निरीक्षक राजिब गिरिले जानकारी दिए । घटनाको कारण बारे खुलि नसकेको र यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।