पीएनसीसी मलेसियाद्धारा श्रमिकको समस्या कसरी दुतावासमा पुर्याउने विषयमा अन्तरक्रिया सम्पन्न

everest kitchen

मलेसिया । पीएनसीसी मलेसियाको आयोजनामा मलेसियामा रहेका नेपालीहरुले आफुलाई परेको समस्या कसरी सहजै दुतावास तथा सम्बन्धित निकाय सम्म पुय्राउने भन्ने बिषयमा एक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । जुलाई ४ तारीख भर्चुअल गुगल मिट मार्फत उक्त कार्यक्रम नेपाली दुतावासको द्वितीय सचिव प्रेम बुडथापाको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेम बुडथापाले मलेसियामा रहेको नेपालीहरुलाई परेको समस्या समाधानमा दुतावास निकै गम्भिर रुपमा सक्रिय रहेको बताए । दुतावासले मलेसियामा रहेका नेपालीहरुको समस्या सुनुवाइको लागि कार्यलयाको टेलिफोन, हटलाईन सेवा, इमेल र वेवसाइडमा पनि उजुरी बाकस जस्ता माध्यमहरु रहेको छ । यस माध्यम मार्फत प्राप्त सम्पुर्ण समस्याहरु हाम्रो सम्बन्धित डिपार्टले तुरुन्तै समाधानको लागि कार्य गर्ने गरेको छ । साथै समस्या पहिचान र समस्या समाधानको निम्ति सबै संघसंस्थासंग सहकार्य र सहायता गर्दैआएको प्रमुख अतिथि बुडथापाले जानकारी गराए ।

कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा संस्थामा सहयोगको माग भई आउने श्रमिकहरुको समस्याहरु सकेको आफ्नो संस्थाबाटै र अन्य दुतावासमा विभिन्न माध्यमबाट पुय्राइ समस्याको समधान गर्ने गरेको र उद्धारको लागि आर्थिक सहयोग पनि गर्ने गरेको नेपाल आदिवासी जनजाति महासंघ, मलेसियाका अध्यक्ष बिपिन राईले बताए ।

त्यस्तै, जनउद्धार पेनाङका अध्यक्ष केशु थापाले नेपाली रहेको नेपाली श्रमिकहरु उद्धारकालाई रातदिन तत्पर रहेको साथै यहाँ आउने समस्याहरुको समाधान सम्पूर्ण संघसंस्थाको आपसि सहकार्य र सद्भावबाट सम्भव हुने बताए ।

स्थापना काल देखिनै धेरै पिडितहरुलाई उद्धार गर्ने कार्यमा सहयोग गर्दै आएको अवगत गराउदै उद्धार कार्यमा केही ढिला सुस्ति हुने गरेको दुतावास समक्ष सुदुरपश्चिमेली नेपाली समाज, मलेसियाका संरक्षक समीर मल्ल, नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष जगत दोङ तामाङले गुनासो राखेका थिए ।

साथै दैनिकरुपमा आउने गरेको समस्याहरु दुतावास सम्म विभिन्न माध्यमबाट पुर्याई समस्या परेका नेपालीहरुलाई सहयोग गर्ने गरेको र सबै संघ संस्थाको एकता र सहकार्य आवश्यक रहेको बिषयमा अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका अध्यक्ष राजु तामाङ, हेल्प मधेसी मलेसियाका सचिव बिजय मन्डल, मेचीमहाकाली सेवा समाजका सल्लाहकार नेत्र सेन मल्ल, ओखलढुंगा एकता युवा सेवा समाजका निबर्तमान अध्यक्ष हिरालाल दयालले जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रवासी नेपालीहरुले आफुलाई परेको समस्या अनलाईन दर्ता गराइ सम्बन्धित निकायमा पुय्राउन रोलिङ कर्मशिल बिदेश मोबाइल एप्लिकेसन महत्त्वपूर्ण सहयोग पुय्राउन सहयोग गरिरहेको रोलिङ कर्मशिल बिदेशका प्रमुख लोकेन्द्र सिंहले जानकारी गराए ।
नेपालबाट बैदेशिक रोजगारीको लागि जाने प्रक्रिया र बिदेशमा पुगे पछि पनि अती आवश्य जानकारी सबै लिन सकिने भएकोले यो एप्लिकेसन प्रयोग गर्दा धेरै फाइदा रहेको उनले बताए ।

कार्यक्रमको शुरुवातमा पीएनसीसी मलेसियाका संयोजक मछिन्द्रनाथ चापागाईले कार्यक्रमको बिषय बारे जानकारी गराउदै अतिथि तथा सहभागीलाई स्वागत गरेका थिए । भने कार्यक्रम समापनमा धन्यबाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाको प्रतिनिधि तथा अन्य प्रवासी नेपालीहरुको उल्लेखनीय सहभागीता रहेको थियो । सहभागीहरुले कार्यक्रममा सहभागी हुन पाउँदा खुसि ब्यक्त गरेको थिए ।